Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवाद मिलाउन हाइकमाण्डो जुटे

काठमाडौं। सत्ता गठबन्धनको सीट बाँडफाँट भ्यागुताको धार्नी बन्दै गएको छ । आफ्नो साइज भन्दा पनि ठूलो भाग खोजेपछि सत्ता गठबन्धनमा ठूलो समस्या देखिन थालेको हो । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा भागबण्डा लगाउन यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा सहमति हुन सकेको छैन् । दलहरुले आ–आफ्नो दाबी कायमै राखेकोले सहमति हुन नसकेको बुझिएको छ । १६५ मा कांग्रेसले १०० सिटमा दाबी गरेको छ । उता, माओवादीले ५० भन्दा माथि सिट मागेको छ। सिट बाँडफाँड टुँगो लगाउनको लागि नै अहिले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् । आज साँझ गठबन्धनको बैठक बसेर सिटको भागबण्डा टुँगो लगाउने तयारी छ । त्योभन्दा अघि देउवा–दाहाल छलफलमा जुटेका हुन् ।