Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका– २ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदरमुकाम खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका सम्लग्न भएको आरोपमा तनहुँ भिमाद– २ आलेमगरलाई सार्वजनिक गरेको हो । आरोपित आलेमगरले बिवाह गर्ने प्रलोभन देखाएर खाँदबारी स्थित एक होटलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिबार ओखलढुंगाको सिद्दिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिनुभयो । बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित आलेमगरले ती बालिकालाई एक साताअघि बलात्कार गरेको गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा यो वर्षको ९ महिनामा ११ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार अनुसार ०७७–७८ मा २७ वटा बलात्कारका घटना भएका थिए । त्यस्तै २०७८–७९ मा १८ वटा र ०७९–८० मा १६ वटा बलात्कारका घटना भएका थिए । प्रहरीले निरन्तर रुपमा चलाएको सचेतनामूलक कार्यक्रम र नागरिक स्वयं सचेत भएका कारण बलात्कारका घटनामा कमी हुँदै गएको प्रहरीको अनुमान छ ।