Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोग सर्वोच्च अदालत गएको छ। विशेष अदालतमा दायर गरेको सो मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ। शर्माले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा चलाइएको मुद्दामा विशेषले सफाइ दिएपछि अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो। अख्तियारले शर्माले सरकारी सेवामा रहँदाको अवधिभर ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट शर्मा र उनको सम्पत्ति एवं कारोबार जोडिएका व्यक्तिहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको जिकिर छ। शर्माले कर फर्स्योट आयोगमा छँदा राज्यलाई ठूलो रकम हानि नोक्सानी पुर्याएको भनी अख्तियारले नै दायर गरेको मुद्दामा भने विशेष अदालतले भ्रष्टाचार ठहर गरी कैद तथा जरिवानाको फैसला सुनाएको छ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल