Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । टी २० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप यात्रा जितविहीन भएर टुंगिएको छ। आज सेन्ट भिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पच्छ्याएको नेपाल ८५ रनमा अलआउट भएको हो। टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले बाङ्लादेशलाई १९ ओभर तीन बलमा १०६ रनमै समेटेको थियो। बाङ्लादेशका लागि शाकीब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए। महमदुल्लाह र रिसद होसेनले समान १३ रन तथा टस्किन अहमद र जाकर अलीले समान १२ रन र लिटन दासले १० रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिएका थिए। १०७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९ ओभर दुई बलमा ८५ रनमै समेटियो। ब्याटिङतर्फ नेपालका लागि कुशल मल्लले ४० बलमा २७ रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन तथा आसिफ शेखले १४ बलमा १७ रनको पारी खेले। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनास बोहोराले खाता खोलेनन्। बलिङतर्फ बाङ्लादेशका तन्जिम हसनले चार विकेट लिए। यस्तै मुस्तफिजुर रहमानले तीन विकेट हात पारे। शाकीब अल हसनले दुई तथा तस्किन अहमदले एक विकेट लिए।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल