Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौँ उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो। काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै अस्वस्थकर मानिन्छ। अहिले हावामा पीएम२।५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ। यस्तो अवस्थामा बाहिर व्यायाम नगर्न, घर र कार्यालयको झ्यालहरु बन्द गर्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र एयर प्युरिफायरको प्रयोग गर्न सुझाव दिइएको छ। यो सूचीमा भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ। त्यसपछि शीर्ष १० स्थानमा क्रमशः चीनको वुहान, कुवेतको कुवेत सिटी, भारतको मुम्बई, भियतनामको हानोई, थाइल्याण्डको चाङ माई, बंगलादेशको ढाका र चीनको छोङकिङ सहर रहेका छन्। जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ। यस अघि स्वास्थ्य मन्त्रालयले पनि प्रदूषित वायुको असरबाट बच्चको लागि उच्च सावधानी अपनाउन अपिल गरेको थियो। उपत्यकामा विशेष गरी बिहानको समयमा वायुको मात्रा एकदमै हानीकारक भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन्।
२०८१ चैत्र २७
ताजा नेपाल
२०८१ चैत्र २७
ताजा नेपाल
२०८१ चैत्र २७
ताजा नेपाल