Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहान थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ९७४ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ८४ हजार ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ । त्यहाँ २ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार ९१५ जना उपचारपछि निको भएका छन् ।
उपचार भइरहेका १ लाख ७५७ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डमिटर इन्फोका अनुसार युरोपेली मुलुकहरुमा १ लाख ११ हजार २०२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरुमा ५१ हजार २२१ तथा एसियाली मुलुकहरुमा १५ हजार ८५४ जनाको मृत्यु भएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल