Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वासको मतसँगै पारीको बधाई

काठमाडौं। नेपालका प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीनले बधाई दिए दिएनन् भन्ने कुराले अर्थ राख्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । संसदमा् विश्वासको मत लिएलगत्तै मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । नेपाल र भारतबीचको द्धिपक्षीय सहकार्यलाई अझै उचाईमा पुर्याउने र जनस्तरमा कायम रहेको सम्बन्धलाई अझै प्रगाढ बनाउने पनि मोदीले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले आजमात्रै संसदमा विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा १६५ मत प्राप्त भएको थियो । र, विपक्षमा ८३ मत खसेको थियो । कुल मत भने २४९ खसेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल