Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए । इटलीले अब फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए । तर भिएआरले अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन । तर इटलीले धेरै समय कुर्नुपरेन । ३१औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाए । ४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटायो । इटलीका जिओभानी डि लरेन्जोले जेरेमी डुलाई धकेलेर लडाएपछि बेल्जियमले पेनाल्टी पायो । जसमा रोमेलु लुकाकुले सहजै गोल गरे । दोस्रो हाफमा बेल्जियमले बराबरी गोल फर्काउने खोजेपनि सफल हुन सकेन । नियमित कप्तान इडेन हजार्ड घाइते भएकाले इटलीविरुद्ध खेलेनन् । तर केभन डे ब्रुयन भने शतप्रतिशत फिट नभएपनि खेलेका थिए । बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पुर्याएको छ । यस संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ, जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ । यस खेलअघि छनोटसहित इटली र बेल्जियमले समान १४ खेल जितेका थिए । यस हारपछि बेल्जियमको जित यात्रामा ब्रेक लागेको छ भने इटली सेमिफाइनल पुगेको छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल