Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विष्णु पौडेललाई हाइसञ्चो, एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा९एकीकृत समाजवादी० का उम्मेदवार राज गुरुङको उम्मेदवार खारेज भएको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता विष्णु पौडेलले उम्मेदवारी दिएको त्यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज भएको हो। त्यही क्षेत्रबाट उम्मेदवारी दिएका अन्य दुई जनाको पनि उम्मेदवारी खारेज भएको छ। हाम्रो नेपाली दलका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति जारी गरेको सूचनामा प्रतिनिधिसभा सदस्य र प्रदेससभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) अनुसमार उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनै जनाको उम्मेदवारी खारेज भएको जनाइएको छ। गुरुङविरूद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थ निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिनुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्सभएपछि उनको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको उल्लेख छ।
यस्तै कम भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो। गुरुङसहित दुई जनाको उम्मेदवारी खारेज भएपछि एमाले नेता पौडेललाई चुनाव सहज हुने अनुमान गरिएको छ।