Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । केही गरौं भन्ने हो भने मन्त्री आफूले जिम्मेवारी लिएको मन्त्रालयबाट देश र जनताको हितमा राम्रै काम गर्न सक्छन् भन्ने कुरा स्वास्थ्यमन्त्री प्रदीप पौडेल प्रमाण हुन् । काँग्रेसबाट मन्त्री भएकामध्ये प्रदीप पौडेल सक्रिय छन् । उनले देशका अस्पतालहरूलाई थप जिम्मेवारी दिएर डाक्टरहरूलाई कार्यालय अवधिमा आफू कार्यरत अस्पताल नछाड्न निर्देशिका बनाएर कार्यान्वयनमा ल्याएका छन् । मन्त्री पौडेलले नै स्वास्थ्य बीमाको रकम रु १ लाखबाट ५ लाख बनाउने घोषणा गरे भने वीर अस्पतालमा जलन उपचार गर्ने व्यवस्था मिलाएर क्यान्सरका रोगीहरूलाई प्रदेश स्तरका अस्पतालहरूमा भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर उपचार सेवा थाल्ने निर्णय गरेका छन् । वर्तमान सरकारले पूर्व सरकारले थालेका भ्रष्टाचार सम्बन्धी फाइल खोतल्दैन । किनकि प्रधानमन्त्री केपी ओलीको कार्यालय नीतिगत भ्रष्टाचारमा चर्चित छ । त्यही कारण प्रम केपी ओलीका भनाईमा जन विश्वास छैन । मन्त्रीहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिने ओली शैली अझै हटेको छैन । जनता कालो बजार र महंगीले पीडित छ । एमालेका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री निजी उद्योग र व्यापारीको लुटमा एक शब्द बोल्दैनन् खुद्रा व्यापार कम्पनी र साल्ट टे«डिङको दशैं बजारको छूटलाई आफ्नै योजना झैं डुक्रेका छन् । नेपालको स्वास्थ्य क्षेत्र पैसा र राजनीतिमुुखि बन्दै जाँदा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल जस्ता सरकारबाट सञ्चालिन ठाउँमा गरिबले सहज रूपमा उपचार पाउन नसक्ने अवस्था छ, त्यसप्रति स्वास्थ्यमन्त्री कति सचेत छन् ? कमाउनका लागि खोलेका अस्पतालले उपचार गर्दा गर्दै विरामीको मृत्यु हुँदा लास बन्धक बनाउने गरेका अमानवीय व्यवहारप्रति सरकार सचेत देखिँदैन । सरकारी खर्चले चलेका अस्पतालमा गरिबको पहुँच नपुग्ने, उपचारका लागि राजनीतिक पहुँच खोज्नु पर्ने बाध्यता छ । नागरिकलाई सेवा दिने हो भने डाक्टरहरू मानव सेवाप्रति तल्लिन हुनुपर्छ । तर पैसामा सीप बेच्न क्षेत्र जस्तै चिकित्सा क्षेत्र केन्द्रीत हुँदा त्यो बदनाम छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेल आफ्नै पार्टीका महामन्त्री गगन थापाले शुरु गरेको बीमा कार्यक्रम रु १ लाखबाट ५ लाख बनाउन सफल भए पनि सरकारले स्वास्थ्य बीमा सेवा दिएका अस्पतालहरूलाई बीमाको रकम उपलब्ध गराउन गर्ने ढिला सुस्तीले बिमा गरेका विरामीले सेवा पाउन सकेका छैनन् । जिम्मेवारी बोध नगर्ने चरित्रहरू स्वास्थ्यमन्त्री बन्दा जनताले कष्ट, पीडा भोग्छ भन्ने कुरा विगतका घटना साक्षी छन् । औषधि खरिद र स्वास्थ्य उपकरण खरिदमा बढी ध्यान दिने चरित्रले विगत बदनाम भएको हो । त्यो पनि काँग्रेसकै स्वास्थ्यमन्त्री भएका बेला विशाल पण्डित जस्ता माफियाहरूसँग मिलेर स्वास्थ्यमन्त्री लुट्नमै सक्रिय थिए । यस पटक युवा स्वास्थ्यमन्त्रीले त्यो विसंगति तोड्दैछन् ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल