Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरका बेथिति कति हुन् कति ?

काठमाडौँ । देशकै पुरानो वीर अस्पताल केही भ्रष्ट अहेवका कारण बद्नाम हुन थालेको छ । नर्सिङ, स्टाफ नर्स, बीएन, एमएन, एमआईटी सहायक र डाक्टरतर्फ एमडी, एमएसलगातका विषयमा पढाइ हुने र दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा पाउने अस्पताल अहिले केही भ्रष्टाचारमा लिप्त अहेव कर्मचारीका कारण निर्देशकलाई दबाबमा पारेर कमाउ धन्दामा लाग्दा १३०० सय कर्मचारीले पाउँदै आएको सुविधा पनि भष्ट्राचारी समूहलाई दिन बाध्य छन् । पहिला कर्मचारीले १००५ निःशुल्क सेवा पाउँथे । सो सेवा लिन हाल कर्मचारीले पनि शोभा गौतमलाई कमिसन बुझाउनुपर्ने भएको छ । उनलाई १०५ नबुझाउनेलाई उनी सिफारिस नै दिन्नन् । बाहिरबाट आउनेलाई भने जाँच गरेबापतको रकम बराबर ५०५ कमिसन दिएपछि भने सबै फ्रि गरिदिन्छिन् ।

कर्मचारी, अन्य बिरामीहरू र बीमा गरेकाले वीर अस्पतालकै फार्मेसीबाट गुणस्तरीय र सस्तोमा औषधि पाइरहेका थिए । आफूहरूलाई ठगिएको भन्दै कर्मचारीले सो कुरा उठाउँदा उल्टै सिध्याइदिने, सरुवा गर्ने र चौतर्फी घेराबन्दी गर्ने कार्य हुँदैछ भने आफ्ना विरोधीहरूलाई गुन्डा लगाउने, धम्म्याउने कार्य हुँदैछ । ती भ्रष्टाचारीका मतियार कमाउनिस्टको उद्देश्य पैसा जम्मा गरी कोटेसनमा विभिन्न नाममा सामान किनेर खाने दाउ हो । असहाय, गरीब, विपन्न बिरामीको त कुरै छोडौँ खाना, दूध, मासु, रोटी सबैमा मात्रा धटाइएको छ । अस्पतालमा भर्ना भएर बसेका बिरामीहरू क्यान्टिनबाट किनेर पेट भर्न बाध्य छन् । वीर अस्पतालमा रोगका साथै पौटिक आहार कमीकै कारण आउने बिरामीको सङ्ख्या धेरै छ । आफूनिकटलाई वीरका भ्रष्ट समूहले एक पैसामा अन्डा, नुन, जिरा मसला, पीठो, चना, बिस्कुटलगायत टेन्डर स्वीकृत गरेकाले अहिले भर्ना भएका बिरामीले रोगअनुसारको खाना नपाएका हुन् भने बिरामीहरूलाई दिइँदै आएको उपचार सेवा जस्तै– रगत, दिसा, पिसाब, एक्सरे, सिटी र एमआरआई सेवा पनि निःशुल्क हुँदैन । जसको लागि सरकारले वार्षिक करोडौँ रूपैयाँ दिन्छ भने खानाकै लागि वार्षिक चार करोड आउने गरेको छ ।

यिनीहरूकै कारण वीर अस्पतालको आफ्नै फार्मेसीमा आवश्यक र महँगो औषधि हुँदैन । कारण यी भ्रष्टाचारीहरूले अस्पतालबाहिरका पसलसँग मासिक एक करोडभन्दा बढी असुल्छन् । पहिला बीमाका बिरामीले गुणस्तरीय र सबै औषधि अस्पताल फार्मेसीबाट सस्तोमा नै पाइन्थ्यो, हाल पाइँदैन । यो समूहमा वीर अस्पताल बीमा प्रमुख एवं सामाजिक तथा समन्वयकी प्रमुख शोभा गौतम, साधुसन्त र महन्तका नाममा भ्रष्टाचारमा लिप्त अहेव विण्णु फुँयाल लगायत छन् । शोभा गौतम उनै हुन्, जो स्वास्थ्य व्यवसायी परिषद्मा हुँदा मापदण्ड नपुग्ने कलेजलाई अनुगमन र निरक्षणको नाममा करोडौँ असुलेको आरोप लागेको थियो । उनी अहेव हुन् । समायोजनमा उनी स्थानीय निकायमा परेकी छन् भने समायोजनलाई २०० भन्दा बढी फर्जी नकक्ली मेडिकल बोर्ड सिफारिस बनाउने समूहकी नायिके हुन् । यिनी तिनै कर्मचारी हुन्, बीमा शाखामा आउनुभन्दा पहिला कलेजो विभागमा थिइन् । त्यहाँ पनि महँगो औषधि बिरामीलाई आफूनिकट पसलबाट ल्याउनु नत्र हुँदैन भन्छिन् । उनले अस्पतालबाट हुने निःशुल्क सिफारिसको अधिकार पनि आफैँ लिएकी छन् ।

नियमअनुसार सो अधिकार उपसचिवलाई हुन्छ । निर्देशक सेन्चुरीलाई मासिक ५० लाख बुझाउँछु भनेर उपसचिवको पनि अधिकार खोसेकी छन् भने उपसचिव र शाखा अधिकृतलाई वीर अस्पतालबाट बाहिर सरुवा गर्नुपर्छ भन्दै वीरका व्यापारीसँग पैसा उठाएर सामान्यका उपसचिव चन्द्र फँुयाललाई वीरकै अहेव विण्णु फुँयालमार्फत् २० लाख बुझाएको एक व्यवसायी बताउँछन् । यिनीहरूले निर्देशक डा. केदार सेन्चुरीलाई दैनिक जस्तो तनाव र दबाब दिँदै नाजायज कार्य गराउँदै आएका छन् । हालै वीर अस्पतालको पाँचवटा कमाउ अड्डा पनि केही समूह र तह नमिल्ले र केही समायोजनमा स्थानीय तहमा परेकालाई लाखौँ लिएर पठाएका छन् । यी भ्रष्टाचारी समूह दारुपानी खान अस्पतालको गाडी लिएर विराटनगरसम्म गएको थियो । अस्पतालका कोही कर्मचारी बोल्न सक्दैनन् । विरोध गरे सिध्याइदिने धम्की दिन्छन् । यिनीहरूको डरले प्रधानमन्त्री, अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी पनि दिएका छन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल