Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरगंजमा सेना, प्रहरी र पत्रकारसहित ७३ जना नयाँ संक्रमित

काठमाडौं । कोरोना कहरले गाँजेको वीरगंजमा १२ महिलासहित ७३ जना संक्रमित थपिएका छन्। आइतवारको नारायणी अस्पतालको पीसीआर ल्याबमा ७३ जनाको पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। संक्रमितहरु १० वर्षदेखि ७७ वर्ष उमेर समूहका रहेका छन्।

१२ जना महिलाहरु पनि विभिन्न फरक उमेरका रहेका छन्। अधिकांश महिला वीरगंजको श्रीपुर, गोश्वारा रोडलगायत ठाउँका रहेका छन्। त्यसैगरी, ७३ जनामा भारतको पूर्वी चम्पारण सेनवरीया ग्रामपञ्चायतका ४३ वर्षीय र तीन जना बाराका रहेका छन्। बाराका तीन जनाको मध्ये महागढीमाई नगरपालिका वडा नम्बर ७ का ५२ वर्षीय, इटियाही– ५ का ३२ वर्षीय र एक जना ३६ वर्षीय पुरुषको ठेगाना खुल्न सकेको छैन। बाँकी ६९ जना वीरगंज तथा पर्साका विभिन्न पालिकाका रहेका छन्।

वीरगंज ११ श्रीपुरका २७ जना पुरुष, पर्सा, सेढवा २ का २२ वर्षीय, सुखवाप्रसौनी ४ का ४५ वर्षीय, जिल्ला प्रहरी कार्यालयका ४६ वर्षीय सुरक्षाकर्मी, आर्मी ब्यारेकका ३५ वर्षीय पुरुष गरी ३८ जना रहेका छन्। संक्रमित हुनेमा एक जना वीरगंका पत्रकार, जिल्ला प्रहरी कार्यालय पर्साका एक जना सुरक्षाकर्मी, एक जना नेपाली सेनाका पनि रहेका छन्। मास ट्रेसिङ र कन्ट्याक्ट ट्रेसिङ एकै साथ भइरहेकाले संक्रमितको सख्या दिनप्रतिदिन बढ्दै गएको हो। वीरगंज १२ का वडा अध्यक्ष पनि संक्रमित भएका छन्।