Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरगञ्ज पुग्यो उच्चस्तरीय स्वास्थ्य टोली

काठमाडौं । कोरोना संक्रमणको अवस्था उग्र रुपमा अघि बढेपछि सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । १० जनाभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएपछि स्वास्थ्य टोली वीरगञ्ज पुगेको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।