Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि करणी

तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाट गाउँपालिका–५ की बालिकामाथि जबरजस्ती करणी भएको हो । प्रहरीले यस घटनामा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २२ वर्षीय ईश्वर थापा मगरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार थापाले आफूलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए । सामाजिक सञ्जालमा समेत उनले डा सागर मगर (एमबीबीएस यूडीटीसी बंगलादेश) भनेर राखेका थिए । उनले गत जेठ ५ गते नाबालिकामाथि जबरजस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरिएको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नाबालिकामाथि बलात्कारका थप दुई घटना
यता तनहुँमा नै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भिमाद नगरपालिका(५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
यसैगरी मकैबारीमा लगेर १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमाद नगरपालिका–७ बस्ने ३१ वर्षीय वीरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २५ गते ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार