Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन्। पार्टीमा आवद्दता देखिएपछि निर्वाचन आयोगले वीर अस्पतालका तत्कालिन निर्देशक डा सन्तोष पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो। लगत्तै स्वास्थयमन्त्री मोहन बस्नेतले डा पौडेललाई मन्त्रालय तानेका थिए।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल