Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा। शर्मालाई नियुक्ति दिइएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा दिलीप शर्मा, डा समाज गौतम र डा अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । डा शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बोलाएको जानकारी दिए ।
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल