Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वृद्ध भत्ता खोसेर कस्को सेवा गर्ने हो ?

कुनै बेला जनताको पक्षमा एउटा निणर्य गर्दा कम्युनिष्ट पाटीले अहिले सम्म जनताबाट माया पाएको पचाउन नसकेका धुर्तहरुको उक्साहटमा प्रधानमन्त्री केपी ओली बग्न थालेको संकेत मिलेको छ । आफुहरुले खाईपाई आएको भत्ता बढाउने राष्ट्रव्यापी रुपमा चर्कीएको कोरोना भाइरस विरुद्ध लडी रहेका डाक्टर नर्स सुरक्षा कर्मीको समेत विचार नगर्ने वर्तमान सरकारले कस्तो अर्थवाद चलाएको छ । आफैमा बुझिनसक्नु बन्दै छ । मुलुकमा झन्डै ८५ हजार अपांग, असाहय रहेका छन् भने ३ लाख पैसठी हजार भन्दा बढी जेष्ट नागरिक एकल महिला अल्पसंख्यक समुदाय रहेका छन् ।उनीहरुको निमीत राज्यले २०५१ सालदेखि दिँदै आएको सामाजिक सुरक्षा भत्ता यस पटक कटौती गर्न प्रधानमन्त्री केपी ओलीलाई कस्ले सल्लाह दियो ? वर्तमान सरकारको गलत कृयाकलाप को निगरानी गर्न नसक्ने पाटी नेतृव्व ले गुटको खेती चम्काइरहेका ओली र उनको टिमलाई सजक गराउन सकेन भने ने.क.पाको भावी राजनिती खरानी हुनेछ । वर्तमान सरकारले कम्युनिष्ट पाटीको सिद्धान्त र आर्दश विर्सेको बेला वृद्ध भत्ता काट्नु नौलो होइन ।
पदभ्रष्ट सत्ता लम्पट प्रवृतिको सिकार भएका नेताहरु ले नै कम्यिुनिष्ट पाटीको बदनाम गर्न थालेपछि संसदका विभिन्न समितीहरुमा सामाजिक सुरक्षा भत्ताको बारेमा छलफल सुरु भएको छ । सांसद विकास कोषको रकम हटाउन नसक्ने अर्थ मन्त्रीलाई देश भरका वृद्ध विद्धाहरुले भत्ता काटिएको रिसमा सडकमा उत्रीएर र धार्नेहात लगाउने दिन अब धेरै नहुने हो की शंका उब्जन थालेको छ । पाटी कार्यकर्ताको विचमा भिडेर आएको भए जनता र पाटीको सम्बन्ध थाहाँ हुने थियो अर्थमन्त्री युवराज खतीवडालाई न पाटीको चिन्ता भो न जनताको चासो उनलाई केबल प्रधानमन्त्री के पी ओलीलाई देवत्तकरण गरेर आफ्नो पद बचाउन पाए पुगेको छ ।


सम्बन्धित समाचार