Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैदेशिक रोजगारमा रहेकालाई बेग्लै सिआरएन नम्बर

काठमाण्डोै । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि प्राथमिक शेयर आइपिओमा दिइएको सुविधाका लागि सिआस्बा दर्ता नम्बर परिवर्तन गर्ने कार्य बुधबारबाट शुरु भएको छ । केन्द्रीय निक्षेप प्रणालीका अनुसार इच्छुक व्यक्तिले आफ्नो हितग्राही खाता भएको बैंकमार्फत् सिआरएन नम्बर परिवर्तन गर्न सक्नेछन् । ईच्छुक व्यक्तिले अनलाइन मार्फत आवेदन दर्ता गर्न सक्नेछन् र यसवापत कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको पहिचान र शेयर आवेदनमा सहजताको लागी बेग्लै सिआरएन नम्बर उपलब्ध गराउन लागिएको हो । धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बजारमा लगानी गर्न प्रेरित गर्ने उद्देश्यले प्रत्येक प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत आरक्षणको अनिवार्य व्यवस्था गरेको छ । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशनमा कोटा छुट्याए जस्तै अब वैदेशिक रोजगारीमा रहेकाले पनि कोटा पाउनेछन् ।
यस्तो आइपिओमा आवेदन दिनका लागि सम्बन्धित व्यक्तिले विप्रेषण ९रेमिट्यान्स० बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने शर्त रहेको छ ।आस्वा प्रणाली मार्फत आस्वा सदश्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्ने प्रावधान छ । नयाँ नियम अनुसार वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई शेयर बाँडफाँड गरिसके पछि मात्रै सर्वसाधारणका लागि आह्वान गर्न पाइनेछ । यदि यस्तो समुहमा छुट्ट्याइएको शेयर बिक्री नभएमा सर्वसाधारणलाई बिक्री गर्न सकिनेछ । विदेशमा रहेका नेपालीहरुले विद्युतिय माध्यमबाट हितग्राही खाता खोल्दा विद्युतिय माध्यमबाटै ग्राहक पहिचाहन गरी रुजु गर्नु पर्नेछ । यसरी आवेदन दिइसकेका व्यक्तिले पुनः सर्वसाधारण समुहबाट भने आवेदन दिन पाइने छैन ।