Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैदेशिक रोजगारीको कथामा ‘जनै हराएको मान्छे’

भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा वैदेशिक रोजगारीका लागि संघर्ष गरिरहेको एक पात्रको कथा प्रस्तुत गरिएको छ । कोरिया जाने सपना बोकेको एक युवक, काठमाडौं आएपछि पाएको दुख र संघर्षको कथा यो फिल्मको टिजरमा देख्न सकिन्छ । फिल्मको मुख्य भूमिकामा नायक विजय बराल छन् । उनीसँगै यात्राको दौरानमा गौरव पहाडी, मिरुना मगर, केकी अधिकारी लगायतका कलाकारहरू पनि जोडिएका छन् । साथमा फिल्ममा भोलाराज सापकोटा, सुशांक मैनाली, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरूको अभिनय छ । पेपरक्लिपको व्यानरमा निर्माण भएको फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ । फिल्मका कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन छन् । नवीन गुरुङको डीओपी रहेको फिल्ममा कृष्ण परियारको सिनेमाटोग्राफी, साहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनिल क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन छ । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ । हिमाल न्यौपाने निर्देशक रहेको फिल्मको एसोसियट निर्देशक मनिष राउत हुन् ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल