Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वैधानिकतामाथि उठेका प्रश्न र पार्टी नेतृत्वविरुद्ध लगाइएका आरोपबारे जस्तोसुकै छानबिन गर्न आफू तयार रहेको स्पष्ट पारेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध सार्वजनिक गरिएका आरोप, अडियो तथा प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित रहेको दाबी गरेको हो । पार्टीका बारेमा उठेका प्रश्नको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न पनि कांग्रेसले माग गरेको छ ।
कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यस्ता षड्यन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जाने बताए ।
कांग्रेसले इनम सापकोटा प्रकरणलगायत सबै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । राज्य संयन्त्रको दुरुपयोग गरी अनधिकृत तथा गैरकानुनी कार्य गर्नेहरूमाथि पनि स्वतन्त्र र विश्वसनीय अनुसन्धान हुनुपर्ने पार्टीको भनाइ छ ।
शर्माले सरकारका अपारदर्शी निर्णय, पत्रकारमाथिको धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको आरोप लगाए । पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै रूपमा सशक्त ढङ्गले उभिने उनले बताए ।
कांग्रेसले राज्यनियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना गर्दै सत्ता सञ्चालन गर्ने प्रवृत्ति बन्द गर्न सरकारलाई आग्रह गरेको छ । जनताका मूल मुद्दामा तत्काल केन्द्रित हुन पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘प्रतिपक्षीय निगरानी’मार्फत सरकारका गलत क्रियाकलापमाथि प्रश्न उठाउँदा अत्तालिएको सरकारले संरक्षित गिरोह परिचालन गरी आफ्ना गल्ती ढाकछोप गर्न र विषयान्तर गर्न षड्यन्त्र गरिरहेको कांग्रेसको आरोप छ । यस्ता गतिविधिबाट प्रभावित नहुन पार्टी पङ्क्तिलाई कांग्रेसले अपिलसमेत गरेको छ ।
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक १९
ताजा नेपाल
२०८३ कार्तिक १९
ताजा नेपाल