Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सङ्खुवासभा । अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका १ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय विपल राई रहेका छन् । पीडितको व्यक्तिगत एवम् गोपनीयताका विषयमा फोटोरभिडियो बनाई पीडितको आफन्त तथा साथीहरूलाई पठाई चरित्र हत्या गरेको र फोटोरभिडियो सार्वजनिक गरी दिने धम्की दिई डर, त्रास देखाई रकम माग गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खाँदबारी नगरपालिका १ बाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत सङ्खुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८२ असार १
ताजा नेपाल
२०८२ असार १
ताजा नेपाल
२०८२ असार १
ताजा नेपाल