Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यवसायिक विकास तालिम सम्पन्न

भक्तपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत समेतका प्रहरी कर्मचारीहरुको लागि संचालित व्यवसायिक विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुर र ‘इन्स्टिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर काठमाडौं’को संयुक्त आयोजनामा भदौ १८ गते देखि उक्त तालिम संचालन भएको थियो ।

तालिममा सहभागी ३७ जना प्रशिक्षार्थीहरुलाई व्यवसाय सम्बन्धी मूल्य शिक्षा, योग तथा ध्यान कक्षा संचालन गर्नुका साथै भिजिट नेपाल २०२० लाई लक्षित गरी भक्तपुरका कला, संस्कृति र सम्पदा सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो । कार्यक्रममा उक्त इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्ल, ‘सपोर्ट प्रोमोसन अर्गनाइजेसन अफ नेपाल’का अध्यक्ष तथा योग गुरु पुष्‍कर राज पन्त, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल