Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यापक विरोधपछि ट्रम्पले सामाजिक सञ्जालबाट हटाए ओबामाविरुद्धको नस्लवादी भिडिओ

एजेन्सी । व्यापक विरोधपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाबारे नस्लवादी क्लिप समावेश भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्। यो क्लिप ‘द लायन स्लिप्स टुनाइट’ गीतको ६२ सेकेन्डको भिडिओको अन्त्यमा थियो। जुन ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा भोटर फ्रड (मतदाता धोखाधडी) भएको दाबीसहित सार्वजनिक गरेका थिए। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले कुनै गल्ती गरेको छैन। मैले भिडिओ पोस्ट गर्नुअघि यसको सुरुवात मात्र देखेको थिएँ र यसमा ओबामाको कुनै अपमानजनक चित्रण छ भन्ने थाहा थिएन।’ उनले घटनाका लागि आफ्नो कर्मचारीको एक सदस्यलाई दोष दिएका छन्। भिडिओ ट्रम्पको आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथआउट सोसलमा लगभग १२ घण्टासम्म रह्यो। ह्वाइट हाउसले सुरुमा क्लिपको बचाउ गर्दै ‘इन्टरनेट मिम भिडिओ’ भनेको थियो। तर कडा विरोधपछि त्यो पोस्ट ट्रम्पको ट्रुथआउट सोसलबाट हटाइएको हो।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल