Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यापारी रुपज्योति विमानस्थलबाटै पक्राउ

काठमाडौँ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई पक्राउ गरेको छ ।
ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले रुपज्योति पक्राउ गरेको पुष्टि गरेका छन् । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ ।
केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो । प्रहरी स्रोतका अनुसार विदेशमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै पक्राउ गरिएको हो।