Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाठौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यो निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने विश्लेषण सुनाएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले काठमाडौं उपत्यकामै प्रतिस्पर्धामा नरहेकोको पनि बताएका छन् । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढेको देखिन्छ, उनले भने, तर त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने आएको छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ । महासचिव पोखरेलले नेपालमा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विदेशी कठपुतली सरकार निर्माण गरिएको बताएका छन् । उनले फागुन २१ गतेको निर्वाचनपछि नेपालमा जेलेन्स्की जन्माउन खोजिएको दाबी गरेका छन् । नेपालका छिमेकी भारत र चीनविरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने पनि विश्वास दिलाएका छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल