Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शंकर पोखरेलका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

बुटवल । संघीय राजधानी र सरकार वरिपरि कोरोनाले घेरा हालिसकेको अवस्थामा प्रदेश सरकारका वपिरि पनि कोरोनाले आतंक सिर्जना गरेको छ ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षा स्कर्टिङका तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्ये एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए । उनका अनुसार ती सुरक्षाकर्मीहरू मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरूको पिसिआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने दुई जना नेपाल प्रहरीका र एक जना सशस्त्र प्रहरीका हुन् । पाँच दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरू सबैलाई बुटवल उपमहानगरले सञ्चालन गरेको एन्फा आइसोलेशनमा पठाएको जनाइएको छ ।