Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शनिबारमात्रै ६८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएको आशंका पछिल्लो समय बढाइएको परीक्षणले देखाएको छ । शनिबार एकैदिन थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए । यस्तै बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा शनिबार मात्रै ६८ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको हो । शनिबार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १(१ जना रहेका छन् । यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् । त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले जानकारी दिए । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् । त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए । शनिबार बिहान थप ३२ जना संक्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् । मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् ।
यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।


सम्बन्धित समाचार