Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शशांकले धन्यवाद दिएपछि सुजाताको बाटो खुल्यो

काठमाडौं । बहुमतको खोजी गर्दै गर्दा दुई तिहाई बहुमतको नजिक समर्थन पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार गर्न सकस भएको छ । आफ्नो पार्टी भित्र कसलाई मन्त्री बनाउने भन्ने अन्योल कायमै छ भने अरु पार्टीलाई कति भाग छुट्याउने भन्ने अन्योलमा देउवा फसेका छन् । महामन्त्री डा. शशांक कोइराला सरकारमा नजाने भएका छन् । आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुन गरिएको प्रस्ताव महामन्त्री कोइरालाले अस्विकार गरेको खुलेको छ । प्रधानमन्त्री देउवाले उनलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अहिले आफू सरकारमा जान ईच्छुक नभएको भन्दै देउवाको प्रस्ताव अस्विकार गरेका थिए । महामन्त्री कोइरालाले भनेका छन्, मलाई सरकारमा सहभागी हुनकाको लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभएको थियो । तर, मैले म अहिले सरकारमा जान्नँ भन्ने जवाफ दिएको छु । कोइरालाले प्रधानमन्त्री देउवालाई आफ्नो पूरा सहयोग रहने पनि विश्वास दिलाएका छन् । कांग्रेसमा कोइराला परिवारबाट सुजाता कोइरालालाई मन्त्री बनाएर पठाउने तयारी भएको छ । यसको लागि शशांकले नै सुजातालाई प्रस्ताव गरेको बुझिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल