Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शसस्त्रको गोलीले एक ठहरै, ६ घाइते

नवलपरासी । आज विहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपापालिका वडा ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सीमामा खटिएको शसस्त्र प्रहरीले रोकेको थियो । भारत जान नपाएपछि ती दुईजना युवाहरु भनाभन गर्दै फर्कि गाउँबाट ५०/६० जनालाई जुटाई शसस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरि झडप गरेका थिए ।

स्थानिय र शसस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउन्ड हवाई फायर गरेको थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको सशस्त्र प्रहरी बल नं. २६ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीयको सशस्त्र प्रहरीतर्फ पनि ६ जना घाइते छन् । जसमध्ये शसस्त्र प्रहरी नायब निरीक्षक शंकर बुढाथोकीको टाउकामा गम्भीर चोट लागेको उनले बताए ।

कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सीमा बन्द गरेको छ । तर पनि सीमावर्ति क्षेत्रका केहि स्थानीयले आवतजावतको प्रयास गर्दै आएका छन् । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाइते राजभारलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको लामाले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल