Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शान्ति सुरक्षा कायम गर्नु सबैको दायित्व : पोखरेल

काठमाडौं । शान्ति सुरक्षा समाजमा रहने हामी सबैको साझा विषय हो महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो । महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक सेवा केन्द्र,तथा सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुको संयुक्त आयोजनामा शनिबार दिउँसो बालाजुमा आयोजित सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि पोखरेलले समुदाय प्रहरी साझेदारी कार्यक्रमले विकास र सुरक्षामा चासो राख्ने आम नागरिकलाई एकै थलोमा उभ्याउन सफल भएको भन्दै सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले भावी रणनीति तय गर्न सहज हुने भएकाले आफुले सोही अनुसार स्थानियहरूको सल्लाह सुझावलाई समेटदै,अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत शान्ति सुरक्षासंग सम्बन्धित योजनाहरू लागु गर्ने बताउनु भयो । प्रहरीको बोली,बचन व्यवहार, अनुशासन र निष्‍पक्ष कार्य सम्पादनको लागि आफूले अभियान नै शुरू गरेको बताउनु भयो । प्रहरी र नागरिकहरूले हातेमालो गर्दै अगाडी बढेमा नेपाल सरकारले हाल सुरक्षामा गरिरहेको लगानी घटन जाने र त्यो लगानी विकास निर्माण कार्यमा लागाउन सकिने उहाँले विश्वास व्यक्त गर्नु भयो । सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ त्यो पूरा गर्न तपाई हाम्रो भूमिका पनि जरुरी छ भन्दै हाम्रा आकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्‍ने प्रवृत्तिले देश बन्न नसक्ने र सरकारको आकांक्षामा मेरो भूमिका कहा छ भनी खोजी गरिनुपर्ने बताउनु भयो ।
गलत साथी संगतिका कारण युवाहरूमा लागुऔषध दुर्व्यसनी भयावह रूपमा देखिएको भन्दै त्यसलाई न्यूनीकरण गर्न परिवारकै सदस्यहरू लाग्‍नुपर्ने बताउनु भयो । आफ्ना बालबच्चालाई पर्याप्त समय दिई उनीहरू कहाँ जान्छन, के गर्दैछन, किन के का लगी खर्च माग्दैछन् भनेर बेलैमा सचेत भएमा दुर्व्यसनीमा नफस्ने उहाले बताउनु भयो । बाहिर निस्किदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त(सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनु पर्दछ भन्ने कुरा कहिले पनि नभुल्नुस भनि स्मरण गराउदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न च्भनगबिच एयष्अिष्लन बाट मात्र संभव नभएकाले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न र शान्ति सुरक्षा समाजमा रहने हामी सबैको साझा विषय हो । त्यसैको मख्सत स्वरूप समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै यस प्रकारको कार्यक्रमले हामी सबैलाई बढि भन्दा बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउने कुरा प्रमुख अतिथि पोखरेलले बताउनु भयो ।

उक्त अवसरमा तारकेश्वर नगरपालिकाका उप(प्रमुख भवानी डोटेल धितालले नेपाल प्रहरीले ल्याएको यस समुदाय(प्रहरी साझेदारी कार्यक्रम समाजमा हाल घटि रहेका अपराधहरुको रोकथाम र नियन्त्रणमा निकै प्रभावकारी रहेको बताउदै सभ्य समाज निमार्ण गर्न प्रत्येक नागरिक र प्रहरी बिच सहकार्य आवश्यक रहेको बताउनु भयो । सोही कार्यक्रमका सभापति तथा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने बिभिन्न घटनाहरू न्यूनिकरण हुदै गएको बताउनु हुदै प्रहरीसँग हातेमालो गर्दै आगाडी बढने बताउनुभयो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल