Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शान्त रहौं सुखी बनौ

मैनवतिलाई कसैले बलिरहेको देख्छ अर्कोले जलिरहेको देख्छ भने फेरी अर्कोले पग्लीरहेको देख्छ । त्यस्ले गरेको त्याग बलिदानलाई आफू जलेर पनि छरिरहेको उज्यालोलाई कसरी परिभाषित गरिरहेको होला मननीय छ । कसैले पानी झरिरहेको देख्छ अर्कोले बर्षिरहेको पाउछ त अर्कोले आइरहेको देख्छ । कसैले उज्यालो छरिरहेको हुन्छ भने अर्कोले प्यास मिटाउन आउँछ । आकाशमा बादलको चित्र शोचाई र कल्पना अनुसार बनिरहेको हुन्छ । आफ्नो आफ्नो शोचाई र भावना पकट गर्ने शैली हुन्छ । सबै सहि र सच्चा छन् । जीवन सुख दुखको सागर हो । यसमा डुबुल्की मार्नेले सुख र शान्तिको आभाषा र अनुभव व्यक्त गर्दछन् भने अर्कोले दुखको भुमरीमा रुमल्लीरहेको अनुभव गर्दछ । संसारमा आफ्नो विचारलाई जसरी पनि व्यक्त गर्ने एकाधिकार प्राप्त छ।

प्रकृतिमा चीलको दृष्टिशक्ति मृगको सुन्नेशक्ति, कुकुरको ध्राणशक्ति झै अन्य पशुपंक्षीमा प्राकृतिक रुख विरुवामा पनि एउटा न एउटा विशेष गुण हुन्छ । सानो भन्दा सानो किट पतंग जीव निर्जीवले पनि आफ्नो क्षमता अनुसार कार्य गरिरहेको हुन्छ । तर मानव जाति मात्र यस्तो प्रकृतिको अनुपम अलौकिक विचार शक्तिले सुसजित प्राणी हो जस्ले प्रकृतिलाई समेत आफ्नो वसमा राखेर कार्य गर्न प्रयास गरिरहेको हुन्छ । त्यस्ले भगवान ईश्वरको समेत पहिचान गराउन उद्यत रहन्छ । जीवन जगतलाई आफ्नो ईच्छा अनुसार कार्य गराउन प्रयास गरिरहेको हुन्छ । त्यसैले भनाई छ मान्छेले चाहेमा पहाडलाई मैदान बनाएर महल खडा गर्न सक्छ । तर मानिसले आपूmमा रहेको अन्तरनिहित शक्तिलाई चिन्न जान्न सकेको छैन भन्ने भनाईछ । विकशित समाजको जंजालमा फसेर अनौठो स्वार्थपूर्ण व्यवहार गरिरहेको हुन्छ । अज्ञानताका कारण अभावमा अशान्त भएर भौतारिरहेकोछ । ज्ञानको अभावमा अन्धो भएर आफ्नो शक्ति आफ्नो मुल्य मान्यता विशेषतालाई बुझ्न र जान्न सकेको छैन । सच्चा कर्मको अभावमा अज्ञानि भएर एकले अर्को माथि दोष थोपरेर दुःखी भएर जीउन विवस र बाध्य छ । अज्ञानताको कारण हिलोमा साँपले टोक्यो अथवा भ्यागुटोले टोक्यो संझेर असल र खराव परिणाम भोगिरहेको हुन्छ ।

संसारमा ज्योति स्वरुप एउटै छ पक्षपात रहित उज्यालो दान गर्दछ । चाहे त्यो सानो दियो होसया सुर्यचन्द्र होस । मानिसको आफ्नो परिभाषा जस्तो सुकै होस सबै धर्मको पथ मानव कल्याण नै हो । सुख शान्ति कल्याण उन्नति प्रेम सद्भावना ईमान्दारिता र नैतिकता नै हो । जगतमा जन्मेपछि सबैले छोडेर जानुपर्दछ भन्ने धु्रव सत्य हो । हिन्दु मुस्लिम शिख, इसाई, बोैद्ध सबैको बाटो मानव कल्याण र हित नै हो । तर समय स्थान, वातावरण व्यवहारका कारण नामकरणमा फरक देखिए । यिनीहरु सबै मानव कल्याणको एक पछि अर्को असल भन्दा असल सुगम बाटो पहिल्याउन असल सुगम बाटोका लागि प्रयासरत छन् । कसैमा पनि विभेद रहेको हुदैन । किनकी मानव कल्याण मात्र नै एउटा उद्देश्य हो ।

संसारमा आस्तिक र नास्तिक मात्र विभाजित भएको छ । आस्तिकले मानिसको आत्मज्ञान विवेक बुद्धी श्रद्धा आत्मविश्वासलाई प्राप्त गर्ने गर्दछन् प्रार्थना गरेर आफूलाई केही आधार भएको महशुस गरेर एक्लोपनाको दर्दनाक आभाश हुन दिदैन तर नास्तिक विचार धाराका व्यक्तिहरुले अन्त्यमा आधारहीन एक्लोपनाको महशुस गर्दछ । अनास्था राख्ने नास्तिकहरुले इश्वरप्रति श्रद्धा राखेर नियालेर हेरेमा अध्यारोमा उज्यालोको आभाष अनुभव गर्नेछ ।

प्रकृतिले मानव मात्रलाई आफ्नो विचार र भावनालाई नियन्त्रण तथा प्रयोग गर्ने छुट दिएको छ । रिसाउनु, दुखित हुनु, निरासहुनु भनेको भावनाको क्षुद्रता हो । साहसिले हुनु धैर्यराख्नु विवेकशील हुनु, प्रशन्नरहनु सन्तुष्ट भै शान्त रहनु आफ्नो महानता हो ।
धनी र गरिव कसलाई सम्झने धन भएर पनि लोभी मानिस दरिद्र क्षुद्र हुन्छ । आफ्नो ईमान्दारिताको कमाईमा सन्तुष्ठ भएर शान्त पूर्वक बाचेको छु भन्ने व्यक्ति धनि हो । शान्तिको अधिकारी हो । भाग्यमानी हो । अर्काको दुःखमा साथ दिएर घाउमा मलहम पट्टी लगाई सेवा सुश्रुसा गर्ने व्यक्ति कुनै पनि धर्मको भएपनि महान हो ।

श्रृष्टि प्रकृतिको वरदान हो । मानिस सबैको रगत रातो हुन्छ तर भावनाको अन्तरका कारण मानिसले आफ्नो स्वार्थवस अनुकुल र चाहनाअनुसार विभेद खडा गरेको छ । कुनै पनि अध्यात्म प्रति श्रद्धा राख्ने व्यक्तिले मानव कल्याण विपरितको कार्यलाई गलत घोषणा गर्दछ। मानिसको सोचाई र बुझाईमा फरक रहेको छ । कसैले कसैलाई घृणा गर्नु फरक सम्झनु नैतिकरुपले अन्यायपूर्ण छ । अतः सत्य र मावनताप्रति श्रद्धाराख्ने व्यक्तिहरुले कहिल्यै असत्य विनासको बाटोमा लाग्दैन । मानव कल्याण र सत्यको लागी प्रार्थना गर्दछ । सच्चा हृदयले गरेको प्रार्थनाको सदा मान्यता रहन्छ । सदा आधार पाउँदछ । रमाएर खुशी र सुखी भएर जीवन व्यतित गरिरहेको हुन्छ ।

ज्ञानी मानिसले बाहिरिया कुरालाई भन्दा अन्तर आत्माले महशुस गरेको कुरालाई बढी महत्व दिन्छ । यो जगत अतिराम्रो परिपूर्ण प्रगतिशील रहेको हुन्छ । शान्तिको अनुभव गर्ने कर्मशील सन्तोषी व्यक्तिले जीवन सुगम सार्थक सुखमय पाउँदछ । आयुपनी लामो हुन्छ जो मानिस क्रोधी लोभी कलुषित षडयन्त्रकारी हुन्छ त्यस्तोको आयु छोटो र दुखमय हुन्छ । अतः महान व्यक्तिहरुको ज्ञानलाई अध्ययन आत्मसात र अनुशरण गरी आफ्नो शीप अनुसारको कर्म गरी अभावलाई हराई लाभ लालच घृणा द्वेष हटाई सुमार्गमा लागी सुख शान्ति पूर्वक जीवन र जगतलाई सुन्दर सुखमय हसिलो रसिलो शान्तमय बनाउ ।


सम्बन्धित समाचार