Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शालिनको अन्त्य पारिवारिक तनाव कि हत्या ?

काठमाडौं । एउटा पपरिवारमा तनाव सिर्जना भयो भने त्यसको असर कहाँसम्मपर्छ भन्ने कुरा चितवनमा एक किशोरीको अत्यको घटनाले पुष्टि गरेको छ । चितवनकी एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै परिवारले न्यायको माग गरिरहेका बेला प्रहरीले भने घटना आत्महत्या भएको प्रारम्भिक निश्कर्ष निकालेको छ । रत्ननगर नगरपालिका १० को एकता शिशु निकेतनको छात्राबासभित्र मृत भेटिएकी बालिका शालिन पोखरेलको आत्महत्याकै संकेत रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको तेस्रो दिन आफन्तले दिएको किटानी जाहेरी दर्तापछि गरेको अनुसन्धानका क्रममा आत्महत्या नै हुनसक्ने निष्कर्ष नजिक प्रहरी पुगेको हो । यद्यपि किटानी जाहेरी परेका आधारमा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्राबास वार्डेन पक्राउ परेका छन् । चितवन प्रहरीले शालिनको शवसँगै सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा लेखिएको छ, एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मीबाबालाई सम्झिएको छ भनिदिनु । प्रहरीले सुसाइड नोटसँग उनले यसअघि लेखेका नोट कपीहरुका अक्षर दाँज्दा अक्षर मिलेको पनि बताएको छ । यद्यपि परीक्षणको लागि पनि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए । प्रहरीले विद्यालयकै सीसी क्यामराको फुटेज पनि हेरिसकेको छ । सीसी क्यामराको फुटेजमा पनि उनी एक्लै छात्राबासको कोठामा छिरेको देखिएको घटनामा संलग्न प्रहरी अधिकृत बताउँछन् । दुई वर्षअघि उक्त विद्यालय भर्ना भएकी शालिनसँगै छात्राबासको एउटै कोठामा बस्ने तीन साथी थिए । उनी मृत भेटिनुअघिको एउटा घटना प्रहरीसँग उनका दुई साथीले बताएका छन् । ती दुई साथीका अनुसार छात्राबासको कोठा एउटै भए पनि उनीहरु तीन जनाको आआफ्नो सामान राख्ने बेग्लाबेग्लै बाकस रहेको थियो । उनीहरु तीनै जनाले खाना खानुअघि बिहान करेन्ट चाउचाउ खाने सल्लाह गरे । जुन साथीले चाउचाउ खाउँ भनेकी थिइन्, उनको बाकसबाट चाउचाउ निकाल्न खोज्दा नभेटिएपछि कता छ भन्ने खोजी भयो । साथीको बाकसमा चाउचाउ नभेटिएपछि उनले सोही छात्राबासमा बस्ने आफ्नो भाइलाई पनि सोधिन् । भाइले लगेको छैन भनेर सबैको बाकस खोजी गर्दा शालिनको बाकसमा भेटिएको बयान उनीहरुले प्रहरीलाई दिएका छन् । त्यसपछि सबैको सल्लाहमा यो कुरा शिक्षकलाई पनि नभन्ने सहमति गरी तीनै जना खाना खान तेस्रो तल्लामा रहेको छात्राबासको कोठाबाट ओर्लिएको उनीहरुले प्रहरीलाई बताएका छन् । तर, दुई जना चौरतिर जाँदा शालिन खाना नखाई कोठामै फर्किइन् । त्यसपछि ढोका खुलेन । होस्टल वार्डेनलाई उनीहरुले खबर गरे । त्यसपछि ढोका फोर्दा झुण्डिएको अवस्थामा भेटिएको उनीहरुले प्रहरीलाई बताएका छन् । शालिनका बाबुआमाको दश वर्षअघि नै सम्बन्ध बिच्छेद भएको थियो । शालिनको बुबाआमा पहिलेदेखि नै विदेश बस्दै आएका र सम्बन्ध बिच्छेदपछि पनि उनीहरु दुबैजनाले विदेशमा अर्को विवाह गरेर बसेका छन् । उनका बुबा दीपेन्द्र दक्षिण अफ्रिकामा बस्छन् भने आमा सगुन दुबइमा बस्दै आएका छन् । बाबुआमा बाहिर रहँदा दुई वर्ष आफूसँग राखेपनि दुई वर्षअघि मामाघरको हजुरआमाले आफूसँग राख्छु भनेपछि शालिनलाई चितवन पठाएको उनले बताए । पछिल्लो दसैँ र तिहार मनाउन भने शालिन काठमाडौँ बुबासहित परिवारसँग गएको उनको भनाइ छ । तर, त्यतिबेला छोरीमा पारिवारिक रुपमा कुनै मानसिक दबाब जस्तो आफूले महसुस नगरेको पोखरेलले बताए ।