Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शासक बालेन, हर्क र गोपाल

दलीय चरित्र उस्तै छ, फूर्ति तिनकै छ । यहाँ कुनै वाद र सिद्धान्तको कुरा छैन । काँग्रेस, एमाले पुराना चरित्र हुन् । यिनले आफू बिग्रेर अरुलाई सापर्ने कुरा गर्दैन । माओवादीप्रति जनताको आशा थियो । तर यो जनयुद्धकालदेखिन पदभ्रष्ट भएको थियो । बैक लुट्ने जनताका गहना बैङ्कबाट लगेर जसले लुकाए तिनै करोडपति भए । धम्की दिने तिनै हुन्छन् । पार्टीको सिद्धान्त र आदर्श तीनमा छैन । माओवादको सिद्धान्त र आदर्श त्यागेर काँग्रेस, एमाले जस्तै पत्रु भएका कारण माओवादीप्रतिको मोह बाँकी रहेन । सरकारमा जाने भनेको जनतामाथि दोहन गर्न बाहेक लोकतन्त्रको १६ वर्षमा नेताको काम भएन । पुरानो भण्डाफोर गर्दै नयाँ अनुहार जो जस्ता देखिए उनीहरू सत्ता र कुर्सीकै लागि भिडेका छन् । भ्रष्टाचार तिनको पनि गहना भयो ।
स्थानीय तहका चर्चित अनुहारमध्ये काठमाडौंका बालेन आफ्नै मात्र नियम र अधिकार हेर्छन्, व्यवहार हेर्दैनन् । बाध्यता बुझ्दैनन् । काठमाडौं उपत्यकाभित्र जनतालाई पानी दिलाउने खानेपानी बोर्ड र केयुकेएल नामका दुई संस्था छन् । तिनको सञ्चालनमा महानगरको प्रमुख हात छ तर बालेनले आफैं अध्यक्ष भएको भ्याली बोर्डको अवस्था बुझेका छैनन् । केयुकेएलमा प्राविधिक २ जना इञ्जिनियर बोर्डमा पठाउनु पथ्¥यो तर बालेनले पठाए आफ्ना सल्लाहकार जहाँ तिनको कानुनी हैसियत छैन । बानेश्वर, पुतलीसडक, डिल्लीबजार, क्षेत्रपाटी, बागबजारका माविहरूमा सटर भाडामा लगाएर स्कुलमा प्रयोगात्मक कक्षा सहज भएन भ न्दै सटर बन्द गर्न लगाए । ती सटरको आम्दानीले प्लसटुका विद्यार्थी र शिक्षकको आर्थिक व्यवस्थापन गरिएको कुरा प्राध्यापकहरू बताउँछन् । मावि तहका शिक्षक, विद्यार्थीको तलब र खाजाको प्रबन्ध सरकार र स्थानीय तहले गर्दा रहेछन् । तर प्लस टुका शिक्षकहरूलाई सरकारले नहेर्ने हुँदा सञ्चालनको आधारमा नै सटर भाडा रहेछ । त्यो सत्य बुझ्न मेयर बालेन शाहले किन चाहेनन् । ? चलिहरेका प्लस टु कि बन्द गर्नु प¥यो कि सञ्चालन गर्दाको खर्च महानगरले व्यहोर्नु प¥यो । महानगरले हल्ला ग¥यो सडकमा शौचालय छैन, काठमाडौंका मुल सडक मर्मत र सडक पिच सडक विभाजले गर्ने हो । महानगरले जुद्ध शालिकतिर फुटपाथ बढाउन सडकको स्वीकृति नलिई भत्काउन थाल्दा समन्वय नगर्ने, अधिकारको प्रयोग गर्ने मात्र ठिक होइन । स्थानीय तहका सेवा र शर्त धेरै छन् । तर मेयरहरू मात्तेका छन् । गरिबको बास उठाउने र भोको पेटका ख्याल नगर्दा जनप्रतिनिधिहरू कसरी जनप्रिय हुन्छन् ।
धरानमा हर्क साम्पाङ व्यक्तिको जमिनमा रुख रोप्न पुग्छन् । पानी त उनले जसो तसो गरी आफैं श्रमदान गरेर ल्याए, खुवाए । उनको प्रस्तुतीमा पनि जनपक्षीय छैन । हैकमवादी त पुरानै थिए नि एमाले र काँग्रेसमा पुराना राजकाज चलाएका कारण नयाँ पन छैन । बालेन र हर्कहरूले नयाँ पनको नाममा अराजकता सिर्जना गर्दैछन् । बरु धनगढीका गोपाल हमालको भद्रता राम्रो छ । हमालले सार्वजनिक जमिन स्थानीय तहको नाममा संरक्षण गरेका छन् । सरकारको स्वामित्वको सम्पत्ति स्थानीय सरकारले संरक्षण गर्नुपर्छ । गोपालले त्यो काम गरेका छन् । तर बालेनले थालेको सुकुम्बासी खेदाउ अभियानमा हुकुमबासी समेत पहिल्याउने काम भएन । वास्तविक सुकुम्बासी भन्दा काठमाडौंमा हुकुमवासी धेरै छन् । तर बालेन खोज्दैनन् । सिंहदरबारले गरिबका बारेमा केही गर्दैन । त्यसैको छायाँ प्रदेशमा राजनीतिक अस्थिरता छ । दुई वर्षमा गण्डकीमा चारवटा, कोशीमा चारवटा सरकार फेरिए । अनुहार पुरानै हुन् तर जनताको काम छैन । केन्द्रीय शासक पुष्पकमल दाहालले नै चौथो पटक विश्वासको मत लिइसके । उनलाई कुर्सी कसरी जोगिन्छ भन्ने चिन्ता छ । कालो बजार, महंगी र अभावको बारेमा हिजो काँग्रेसले चासो दिएन । आज एमालेले चासो दिँदैन । किनकि एमाले र काँग्रेस भनेका पुराना खान्दानी हुन् । यिनले जनतालाई आश्वासन दिन्छन् दानापानी दिँदैनन् । तिनैलाई जनता मत दिएर ठूलो पार्टी बनाउँछन् । केही भएर राजनीतिका फन्टुस रवि लामिछाने जनताको बचत हसुरेर पनि ठूलो डाँको गर्दैछन् ।
जनमत पार्टीले बरु कुर्सी मोहन प्रदर्शन गरेन । जति उपेन्द्र यादवको कुर्सीमोह देखियो, सिके राउतका कुराले मधेशका मठाधिशहरू उपेन्द्र, राजेन्द्र, महन्तको गिदी छचल्कियो । तर रेमश चौधरीका लोग्ने स्वास्नीको प्रतिस्पर्धाले थारु समुदाय निराश छ । पूर्वको मोरङ, सुनसरी, बागमतीको चितवन, लुम्बिनीको रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रहेका थारु समुदायमाथि रेशम चौधरीको दादागिरी चलेको छ । कानुनले रेशम अध्यक्ष बन्न अस्वीकार गर्छ तर व्यवहार उनकै कानुन विपरित छ । अदालतले यस्ता अपराधी छाडेको फल अस्थिरता हो ।


सम्बन्धित समाचार