Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिल्पाका विषयमा बोलेनन् छवि

निर्माता छविराज ओझा बुधबार आयोजित फिल्म ‘केटी हराएको सूचना’को प्रिमियरमा पुग्दा मिडियाकर्मीको माझ घेरिए । निर्माताको रुपमा छविको पहिले जस्तो क्रेज र चर्चा थियो, बुधबार पनि त्यस्तै देखियो । अझ, पछिल्लो समय आएका केही खबरहरूका कारण छवि मिडियाको नजरमा परेका हुन् । छविराजले फिल्म ‘मंगलम २’ बनाउने घोषणा गरेसँगै उनको चर्चा पनि चुलिएको छ । अर्कोतिर, मेरो फिल्मसँग उनले ‘बाघ निर्माता मै हुँ’ भनेपछि चर्चा खुबै भइरहेको छ । यस्तै, नायिका शिल्पा पोखरेलसँग डिभोर्सपश्चात छविले ६ करोडको घर दिएको खबर पनि मिडियामा सार्वजनिक भइरहेका छन् । यहीकारण, छवि मिडियाको विचमा घेरिएका हुन् । तर, छवि यी विषयमा क्यामेराको अगाडि बोल्न नै चाहँदैनन् । ‘मंगलम २’मा नायक पुष्प खड्का र नायिका शिल्पा पोखरेल हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नमा छविले निर्देशक नवल नेपाललाई सोध्न आग्रह गरे । छवि कलाकारको विषयमा बोल्न नै चाहँदैनन् । अर्कोतिर, शिल्पासँगको डिभोर्सको विषयमा छविको मुख खुलेको छैन । उनले, यो कुरा पुरानो भइसकेको जवाफ दिए । तर, ‘मंगलम २’मा नायिकाको विषयमा भने छविले भने–‘यसपटक तपाइहरु सबै सरप्राइज हुनुहुनेछ ।’


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल