Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिल्पाकी आमाले पुलिसमा उजुरी दर्ता गरिन्

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीकी आमा सुनन्दा शेट्टीले १ करोड ६० लाख रुपैयाँ घोटाला गरिएको विषयमा पुलिसमा उजुरी दर्ता गराएकी छिन् । मुम्बइ पुलिसका अनुसार सुनन्दा शेट्टीले सुधाकर घारे नामका एक व्यक्तिमाथि जाली कागजात प्रयोग गरेर आफूलाई सम्पत्ति बेचेको आरोप लगाएकी छिन् । सुनन्दाका अनुसार उनले २०१९–२०२० को बीचमा सुधाकरसँग करजतको एक जमिन किनेकी थिइन् । सुधाकरले त्यतिबेला जमिन आफ्नै भएको बताएका थिए । सुधाकरले फर्जी कागजात बनाएर सुनन्दालाई यो जमिन १ करोड ६० लाखमा बेचेका थिए । पछि त्यो जमिन सुधाकरको नभएको खुलासा भयो तर सुधाकरले पैसा फिर्ता गर्न अस्वीकार गरे । सुधाकरले सुनन्दालाई समे अदालत जान चुनौती दिएपछि उनी अदालत गएकी थिइन् । अदालतको आदेशपछि पुलिसले उजुरी दर्ता गरेको हो ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल