Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिविरमा १२ सयले लिए सेवा

रोल्पा । रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका १ हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा १ हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो । ५ सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो ।

शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ ।
जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ । मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल