Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शीर्ष तहबाटै गृहको टुंगो लगाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको हो । सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शिर्ष नेताका बिचमा भेटवार्ता भएको हो ।रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको बिबाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउने नबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन । यद्यपि, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बिचमा गम्भिर छलफल भएको बुझिएको छ ।