Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शुद्ध छैनन् शेखरका संगती

काठमाडौं । कुरा चर्का र आदर्शका तिनै गर्छन् । तीनलाई स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा जुद्ध बारुण यन्त्रको घर जग्गा ५० वर्षे लिजमा दिलाउने अभियान चलाएर पैसा कुम्ल्याउने, तर काम गर्न नसकेपछि उप्रेती समूहले कोठामा थुनेर धतुरो झारेको धरै काँग्रेसलाई थाहा नहुन सक्छ । शेरबहादुर देउवाको प्रतिस्पर्धी डा. शेखर कोइरालाले राजनीतिक उचाई लिनसक्ने वातावरण छैन । जसले वंशीय आधारमा पनि पार्टीमा स्थान लिन कठिन छ । किनकि डा. शेखर कोइराला परिवारको तेस्रो उम्मेदवार हुन् । प्रथम शशांक, दोस्रो सुजाता । उपसभापति धनराज गुरुङको चट्टानी अडानले काँग्रेसबाट गण्डकी प्रदेशको निर्वाचनमा पूर्ण सफलता पाउन कठिन छ । डा. सापले गुरुङको विगतको परिचय बिर्सेर आफ्नो टिममा राख्नै प¥यो । अहिलेको सन्दर्भमा धनराज काँग्रेस सुधार्नुपर्छ भन्ने पात्र हुन् । विगतमा को कहाँ थियो, के ग¥यो ? खोतल्ने हो भने शुद्धता कसैको पनि छैन । पोखराकै महादेव गुरुङले सांसद हुँदा प्रमुख जिल्ला अधिकारी कुटेका हुन् । तर उनी सत्ताको आडमा जोगिए । अहिले डा. शेखरले बोकेका पात्रमध्येका पुरञ्जन आचार्य, हरि शर्मामध्येका पुरञ्जनलाई त मोरङ काँग्रेसले वडामै पराजित गरेको छ । आउनेलाई नआइज भन्न मिल्दैन, बदनामले इज्जत दिँदैन ।
गोकर्ण पौडेललाई अख्तियार लाग्यो । उनी पनि अहिले कोइराला टिमभित्रै छन् । हिजो त्यो काँग्रेसमा स्व. गिरिजा र सुशिल कोइरालाले च्यापेका अनुहारबाट पुन पार्टी सुधार्न सकिन्थ्यो । तर डा. शेखरलाई डा. शशाङ्क र सुजाताले साथ दिएनन् । सुजाता र डा. शशांकले पिताहरूको बैशाखीले ठाउँ पाएका हुन् । तर तिनले पार्टीको वर्चश्व लिन सक्दैनन् । आर्थिक रुपमा यी बदनाम छन् । बारुण यन्त्रको जमिन भाडा प्रकरणमा तत्कालिन गृहमन्त्री गोविन्दराज जोशीले असहमति जनाएबापत स्व. खुमबहादुरद्वारा पालित तत्वहरूले उनलाई भ्रष्ट शिरोमणिको उपाधि दिएर धाराबाहिक रुपमा खेदेकै थिए । जनतासँग जोडिएको नेतालाई धरासायी बनाउन रामचन्द्र पौडेल धात धोएरै लागेका थिए । त्यो प्रकरणले स्वयं पौडेललाई फलिफाप भएन । अझ पनि पौडेलको हालत सप्रने अवस्था छैन । उप्रेती समूहले हरि शर्मा र पुरञ्जन आचार्यलाई कोठामा थुनेर पैसा उठायो, हरि शर्माले छिटै पैसा फिर्ता गरे पनि पुरञ्जनले निकै झुलाएका थिए । बारुण यन्त्रको काम भएन, अर्को काम छ गरौं पैसा थप लिएर काम गर्न मारवाडीले उक्साएपछि शर्मा र आचार्य जालमा परेका थिए । अहिले त्यस्ता पुरञ्जन डा. शेखरको सहयात्री छन् । त्यस्ता चरित्र बोकेर डा. शेखरले काँग्रेसमा कसरी शेरबहादुर जस्तासँग टसमस गर्छन् ? जबण्कि उनको साथमा महामन्त्री जितेका महामन्त्री गगन थापाको व्यवहार अहिले पनि त्रिचन्द्रमा ढुंगा हान्दाको जस्तै छ । उनले कृषि व्यापार केन्द्रको करोडौं झ्वाम पारेको आरोप छ । त्यसो त हिजो स्व. गिरिजाप्रसाद कोइरालाले २०६४ सालमा कोइराला निवास बिराटनगरबाट नरहरि आचार्य र गगन थापालाई दरबारिया एजेन्ट घोषणा गरेका थिए । अहिले पनि गगनसँग हिँड्नेहरू उनको खर्च गराईप्रति प्रश्न उठाउँछन् । गगनको पूर्व राजाका मुख्यसचिव पशुपतिभक्त महर्जनसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । यसैगरी गत निर्वाचनमा गगनले पराजित हुने सूचना पाएपछि कमल थापाका सम्धि भरत बस्नेतले भोजनगृहबाट सबैलाई फोन गरेर ह्विप नै जारी गरेका थिए । स्मरण रहोस्, गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४, ज्ञानेश्वर, डिल्लीबजार सबैभन्दा बढी दरबारिया बस्ने ठाउँ हो । त्यो ठाउँबाट थापाको पक्षमा अत्याधिक मत खसेको थियो । सुस्त मानसिकताको छोराको उपचार हुन्छ भने पासपोर्ट जाबो दिउ न त भनेर दिँदा आयुर्वेद विज्ञ रामचन्द्र अधिकारीले आफ्नो राजनीतिक जीवन समाप्त भएको थाहा पाएनन् । काँग्रेसमा थरिथरिका चरित्र छन् । डा. शेखरले निष्ठाको राजनीति गर्लान् तर उनलाई कोइराला परिवारभित्रै बीपी र गिरिजा वंशले साथ दिएन । यस पटक रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिसम्मले परालको लौरी बन्ने रुचि देखाउँदा शेखरहरूको योजना विफल भयो । उनका पछाडि जस्ता जोडिएका छन् तिनीहरूबाट डा. शेखरको हित हुँदैन । डा. शेखर नपुगेको जिल्ला थिएन, जयनेपाल दाजू भनेर खाजा नखाएको मान्छे थिएन । दुई तिर फर्केका काँग्रेसले डा. शेखरसँग सम्बन्ध राखे पनि भोट दिँदा शेरबहादुरको जाँड, रक्सी र पैसामा नाचेकै हुन् । जसले काँग्रेस सुधार्ने आशा गर्न सक्ने ठाउँ नै छैन । देउवाको टिममा पूर्णबहादुर खड्का जस्ता हुनसम्मका बफादार छन् । त्यो बफादारीले मात्र काँग्रेसको मक्किएकोे भुई टाल्दैन । देउवा पार्टीमा सभापति त भए तर उनको अघिल्लो कार्यकालमा जनवर्गीय संगठनहरूले हुर्कने र मौलाउने ठाउँ पाएनन् । यस पटक सपार्लान् भन्ने आशा गर्ने ठाउँ छैन ।