Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर कोइरालाप्रति शंकरले उठाए नैतिकताको प्रश्न

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्। उनले नेकपा एमाले र नेपाली कांग्रेसबीच उच्चस्तरको सहमतिसहित गठबन्धन बनेकाले अस्थिरताका रोगीहरू छट्पटिएको बताए। सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाच्नसम्म नै यो सरकार निरन्तर रहने बताए। उनले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्नसमेत आग्रह गरे। सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउनेहरूमा अस्थिरताका लागि विचित्रको रोग लागेको उनको भनाइ थियो। दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ, उनले भने, तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन्। उनीहरू अस्थिरताका रोगी हुन्। कांग्रेस र एमालेबीचको गठबन्धन आगामी निर्वाचनसम्म नै जाने उनले ठोकुवा गरे। कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्ने अनैतिक भनेर टिप्पणी पनि गरे। सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने महासचिव पोखरेल स्पष्ट पारेका छन्। उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याउन लागेको दाबी पनि गरे। संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानुन बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ, पत्रकार सम्मेलनमा पोखरेलले भन्नुभयो, ‘अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानुन बन्दैन। सरकारमा सहभागी भएपछि जस(अपजसको भागिदार हुनुपर्छ, तर सरकारमा हिस्सा पनि खोज्ने अनि विरोध पनि गर्दै जाने, यो नैतिकता होइन, उनले भने।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल