Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर कोइरालालाई हराउन सुशिल सिध्याउने गिरोह सक्रिय

  • अर्जुन ज्ञवाली

वि.सं. २०३३ सालमा बीपी कोइराला राजा वीरेन्द्रको सल्लाहमा नेकपाका संस्थापक केशरजंग रायमाझीले सबै कुराको सुरक्षा ग्यारेन्टी गरेपछि नेपाल फर्किंदा उनलाई फाँसी दिनुपर्छ भन्ने सूर्यबहादुर थापाका छोरा सुनिल थापाभन्दा शेखर कोइरालालाई वरियतामा पछाडि राखेर सुशील कोइरालालाई सिध्याउने काँग्रेसभित्रकै शक्ति केन्द्रले शेखर कोइरालाको मान मर्दन गर्न लागेको छ । सुशील कोइरालाको मृत्यु जुन रात भयो त्यो साँझ सुशील निवासमा दुई जना भारतीय व्यापारी, रामचन्द्र पौडेल, कृष्ण सिटौला, अमरेशकुमार सिंह, शशांक कोइराला लगायत भएको चर्चा थियो ।

मदन भण्डारी हत्याको समयमा गृहमन्त्री रहेका शेरबहादुर देउवा यो समूहसँग प्रत्यक्ष सम्पर्कमा थिए भनिन्छ । यो आलेखमा त्यहाँ संलग्न सबैको नाम उल्लेख गरिएको छैन । प्रमुख नेताहरूको मात्र प्रसंगवश उल्लेख गर्नु वर्तमान सन्दर्भको बाध्यता हो । सुशील कोइरालाको शंकास्पद निधन भएको त्यो रात पश्चात् उनको दराजमा रहेको आठ करोड नगद रकम दराज खोल्दा गायब भयो अर्थात् थिएन । सुशीलको समाप्ति जसरी राजा वीरेन्द्रको हत्या नारायणहिटी दरबारभित्र दुईवटा सेनाको घेराभित्र गरियो कोइरालाको रहस्यमय निधन कोइराला निवास महाराजगञ्जभित्रै भयो । नेपालको राजधानी काठमाडौं, काठमाडौंको राजधानी महाराजगञ्ज, बालुवाटार भन्ने चलन छ । यस्तो सुविधासम्पन्न क्षेत्रमा पूर्व प्रधानमन्त्री मुलुकको प्रतिपक्षी दलको नेताले उपचार नपाउनु र अस्पतालमा फोन उठेन, राति गाडी पाइएन भन्ने जस्ता भ्रामक समाचार सम्पेषण गरियो ।

जब सुशील कोइरालाको रहस्यमय निधनको छानविन गर्नुपर्ने मुद्दा काँग्रेस पार्टीभित्रै जोडदार रुपमा उठ्न थाल्यो । निधनको तेस्रो दिन नेपाल समाचार पत्र दैनिकलाई लामो अन्तर्वार्ता दिँदै शशंक कोइरालाले स्वाभाविक मृत्यु भएको र आशंका गर्नुपर्ने ठाउँ नरहेको भनेर बताए । ततपश्चात सुशील कोइरालाको निधनको पार्टीभित्रबाट उठेको छानविनको मुद्दा हरायो । सुशीलको शंकास्पद समाप्तिले काँग्रेसमा सिआईए मिसनकी जुलिया चाङ ब्लक केन्द्रका शेरबहादुर देउवालाई पार्टी सभापति हुने बाटो खुल्यो भने शशांक कोइराला महामन्त्री बने । शेखर कोइरालालाई सुशील कोइरालाको समाप्ति किन र के कारणले कसले गरायो, परिवारभित्र को को संलग्न छन् राम्रोसँग थाहा छ । तर पनि यस विषयमा उनी बोल्न चाहेनन् ।

शायद कारण सुरक्षा खतरा देखेर नै हुन सक्छ । यो अवस्थामा सुशील कोइरालाको समाप्तिसँगै शक्ति केन्द्रको चाहना शशांक कोइरालालाई पार्टी सभापति बनाउने थियो । त्यसको लागि उनलाई शेखर कोइरालाको समर्थन आवश्यक थियो । शेखरले पार्टी सभापति बनेरै सुशील रहस्यमय घटनाको जवाफ दिन खोजे । तर, रातो पासपोर्ट तस्कर धनराज गुरुङ र त्रिचन्द्र क्याम्पसमा स्ववियुमा भ्रष्टाचार गर्दै आएका गगन थापा जस्ता शेखरको टिमका अधिकांश नव कांग्रेसी मण्डलेहरू उमेर ढल्केका युवा भनिनेहरू सुशील कोइरालाको समाप्तिपछि गर्ने देशी विदेशी शक्ति केन्द्रकै सूचनाका संवाहक थिए । यस कारण उनीहरूलाई जिताइयो ।

शेखरका गतिविधिहरू उनीहरूले सम्बन्धित देशी विदेशी शक्ति केन्द्रमा पु¥याएका थिए । यतिबेला शेखरको अपमान गरेर पलायन गराउन सुशील कोइरालाको रहस्यमय समाप्ति गरेको गिरोह काँग्रेसभित्र लागिरहेको छ । यसकारण पार्टीभित्रको मोर्चाबन्दीबाट मात्र शेखर कोइराला भिड्न सम्भव छैन । उनले पार्टी बाहिर र अन्तर्राष्ट्रिय रुपमा पनि बृहत सम्बन्ध र मोर्चाबन्दीको तयारी गर्नु पर्दछ । के यो क्षमता शेखरसँग छ ? यदि छैन भने उनको यो अन्तिम राजनीतिक यात्रा पनि हुन सक्छ । २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा संलग्न रामचन्द्र पौडेल जसले बीबीसीलाई दरबार हत्याकाण्डको पाँच मिनेट नहुँदै सर्वप्रथम दिपेन्द्रले मारेको भनेर प्र्रतिक्रिया दिएका थिए । इसाई मिशनअनुसार धर्म निरपेक्षता घुसाउन केपी ओलीका दाहिने हात सुभाष नेम्वाङसँग मिलेर षड्यन्त्रकारी भूमिका निभाएका कृष्ण प्रणामी रअका एजेन्ट कृष्ण सिटौला सुशील कोइरालाको रहस्यमय निधन पूर्व सँगै हुनु दालमा कालो रहेको छ भन्ने कुरा प्रष्ट रुपमा बुझ्न सकिन्छ । उनीहरूले शेखरलाई साथ किन दिएनन् ? स्वयं शेखरले बुझे होलान् ।

बीपी होइन टंकप्रसाद
शेखर कोइरालालाई मात्र होइन, यहाँ पश्चिमा क्रिश्चियन मिशनरीका बौद्धिक एजेन्टहरूले महादानव बीपी कोइरालालाई महामानव बनाएका छन् । पशुपतिनाथ उखेलेर म्युजिमयमा राख्नु पर्दछ भन्ने बीपीका साहित्यहरू सुम्निमा हुन् या हिटल र यहुदि आदि क्रिश्चियन मिशन अनुसार नेपालको मूल धर्म संस्कृतिमाथि आक्रमण गरिएका अश्लिल र नांगा वेश्या जिगोलो साहित्य हुन् । राणा विरोधी नेता टंकप्रसादलाई बाइपास गरेर २००७ सालमा दिल्ली सम्झौता गर्न पुगेका बीपी चिनियाँकाजी मार्ने हत्यारा पनि हुन् । मातृकाप्रसाद कोइराला २००९ सालमा भारतीय सेना भिœयाउने र राष्ट्रघाती गण्डक सम्झौता २०११ गर्ने कुख्यात देशद्रोही हुन् । आफूबाहेक अरुको नेतृत्व स्वीकार्न नसक्ने प्रजातन्त्रको बर्को ओढेका तानाशाह बीपी कोइराला आफ्नो स्वार्थका लागि जुनसुकै शक्ति केन्द्र र जोसँग पनि सम्झौता गर्ने मानिस हुन् । शेखर कोइरालाले बुझ्न जरुरी छ । इतिहास भनेको सय–पचास वर्षको हुँदैन । सत्यलाई एक छिन ढाकछोप गरे पनि सत्य नै हुन्छ ।

यसकारण महामानव होइन महादानव बीपीको पनि समिक्षा शुरु भइसकेको छ । चिनमा च्याङकाइसेकले जापानी साम्राज्यावदको आडमा शासन गर्ने सपना देखेजस्तै बीपीले ब्रिटिश र अमेरिकी साम्राज्यवादको आडमा शासन गर्ने दुस्साहसको परिणाम नै चीन, भारत र रुस समर्थनको घटना २०१७ साल पुस १ हो । धर्म निरपेक्षतादेखि एमसीसीसम्म अहिले तपाईंको दल राष्ट्रघाती काँग्रेसले बीपीको च्याङकाइसेक र जयप्रकाश नारायणको निति बोकिरहेको छ । यसमा शेरबहादुर एण्ड कम्पनी र शेखर कोइरालामा नीतिगत भिन्नता छैन । यदि शेखर कोइरालाको टिमले टंकप्रसादको धारमा काँग्रेसलाई हिँडाउन र बोक्न सकेन भने चीनमा च्याङकाइसेकको कोमिन्ताङ र भारतमा जयप्रकाश नारायणको सोसलिष्ट पार्टी विघटन भएजस्तै आर्यघाटमा दाहसंस्कार हुनेछ । सन् १९८४ मा ५४३ सीटमा २ सिट ल्याएको भाजपाले भारतमा सत्ता कब्जा गरेको छ । सन् १९७० को दशकमा संकटकाल लगाएर इन्दिरा गान्धीले संविधानमा धर्म निरपेक्षता राख्दा सन् २०१४ सम्म आइपुग्दा भारतमा काँगे्रेस आईको जसरी पतन भयो नेपालमा पनि धैर्य गर्नु पर्दछ । धर्म निरपेक्षताबादी पार्टीहरू, नेताहरू र व्यक्तिहरूको पनि त्यसरी नै समाप्ति हुनेछ ।

अपराधी गिरिजालाई बोक्दाको परिणाम कृष्णप्रसाद र गणेशमानको अपमान गर्दा सुशील कोइरालालाई साथ दिने र टुलुटुलु हेर्ने कुलबहादुर गुरुङ, विनयध्वज चन्द, खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, गोविन्दराज जोशीहरूले अहिले परिणाम भोगिरहेका छन् । कोइराला निवासमा मारिएका सुशील कोइराला स्वयं गणेशमान र कृष्णप्रसादको अपमान गर्न भूमिका निभाएका पात्र हुन् । घरमा आगो लगाएर कोठामा सुरक्षित ठानेका सुशील कोइराला शिक्षण अस्पतालको अगाडि अस्पतालै नदेखि मर्नु पर्ला भन्ने कहिल्यै पनि कल्पना गरेका थिएनन् होला । अब कुलबहादुर गुरुङहरूले बीपी विचार मञ्च होइन बीपी वेश्यालय मञ्च चलाउँदा हुन्छ । इतिहासले नेपालको धर्म संस्कृति मास्न भूमिका निभाएका र निभाउने पात्रहरूको हिसाव किताव गर्न शुरु गरिसकेको छ ।

के इतिहासको समिक्षा गरेर अघि बढ्न काँग्रेस र शेखर तयार छन् ? यदि छैनन् भने आरजु राणा, सुनिल थापा हुँदै अब कमल थापासम्म पुगेर अब काँग्रेस आर्यघाटमा दाहसंस्कार हुनेछ । बुढापाकाहरू भन्दथे २०१५ सालको पेरिफेरिमा कसैलाई गाली गर्नु परे तेरो घरमा काँग्रेस पसोस् भन्थे २०५२ सालपछि तेरो घरमा माओवादी पसोस् भन्नेमा परिणत भयो । यो अवस्थामा नीति र नेतृत्वमा पुनर्विचार हुन सकेन भने काँग्रेसको पतनलाई कसैले पनि रोक्न सक्ने छैन । सबैलाई चेतना भया ।