Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै देउवा बने काँग्रेसको कमाण्डर

काठमाडौं । शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै शेरबहादुर देउवा काँग्रेसको दोस्रो पटक कमाण्डर बनेका छन् । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा मंगल भएको मतदानमा खसेको ४५७४ मतमा देउवाले २७२४ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी डा। शेखर कोइरालाले १८१७ मत प्राप्त गरे । शेखर ९०७ मतअन्तरले पराजित भए । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामको औपचारिक घोषणा केही बेरमा निर्वाच समितिले गर्नेछ ।

११८ मत घट्यो
नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा एक सय १८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३ मत मात्रै खसेको छ । पहिलो चरणमा पनि कुल मतदातामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।

अपरान्ह्बाट पदाधिकारीको मतगणना
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको गन्न बाँकि दपाधिकारिहरुको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने जनाएको छ ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो निर्वाचनमा देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका छन् । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत पाएका थिए । कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसले मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच १४औँ महाधिवेशन उद्घाटन गरेको थियो ।