Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर गोल्छाले भने, महासंघमा नयाँ सूर्योदय भयो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको जनाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा दुई प्यानल अगाडि देखिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । चन्द्र ढकाल र किशोर प्रधानले आ(आफ्नो टीम बनाएर अगाडि बढेका थिए ।
जसमा किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएका थिए भने जिल्ला नगरमा प्रधान पक्षका दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघाई र वस्तुगतर्फ प्रधान पक्षका अञ्जन श्रेष्ठ विजयी भएका थिए । यस्तै, निर्वाचनको पछिल्लो दिन कोषाध्यक्ष पदको लागि दुबै पक्षले आ(आफ्नो उम्मेदवार उठाएका थिए । जसमा गोल्छाको साथ रहेको प्रधान पक्षका सकुन्तलाल हिराचन विजयी भएका थिए भने उनका प्रतिस्पर्धी अर्थात ढकाल पक्षका डीबी बस्नेत पराजित भएका थिए ।
निर्वाचनपछि धेरैले महासंघमा एक पक्षले अर्को पक्षलाई साथ दिन नसक्ने भन्ने प्रक्ष्येपण गर्दै आएका थिए । तर, महासंघ अब एक ढिक्का भएर अगाडि बढ्ने अनुमान गोल्छाको ट्वीटबाट थाहा पाउन सकिन्छ । अध्यक्ष गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको जनाएका हुन् ।
नले लेखेका छन्, ‘नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ सुर्योदय भएको छ, नवनिर्वाचित पदाधिकारीहरुको सहकार्यको प्रतिवद्धता छ ।’ अध्यक्ष गोल्छाले चन्द्रागिरी हिल्सबाट खिचिएको सूर्य उदाउँदै गरेको फोटो र आफूसहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाइ र कोषाध्यक्ष सकुन्तलाल हिराचनको सामूहिक तस्वीर पोष्ट गरेका छन् ।
उनले चन्द्रागिरी हिल्समा नवनिर्वाचित पदाधिकारीहरुलाई रिट्रिट पार्टी पनि दिएका छन् । महासंघका नवनिर्वाचित कार्यसमिति हिजोदेखि चन्द्रागिरीमा छ । उनीहरुले हिजो चन्द्रगिरीमा गुड फ्राइडे मनाएर आज अध्यक्ष गोल्छाले आफ्नो भिजन पनि प्रस्तुत गरेका छन् । सो भिजन पेपरमाथि सबैको समर्थन रहेको बताइएको छ ।


सम्बन्धित समाचार