Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर र गगनलाई दक्षिणले मिलाउने

काठमाडौं । फूर्ति जति लगाए पनि ५ करोड ७७ लाख नेपाल स्काउटको भाडा नतिर्ने ऊर्जामन्त्री वर्तमान सरकारका प्रधानमन्त्रीका विश्वासिलो पात्र बनेका छन् । बीपी पुत्र शशांकको पार्टी चुनावमा १ सय करोड जोहो गर्न आफैंले परेकाले प्राधिकरण अन्तर्गतका परियोजनाहरूमा आफ्ना मान्छे पठाउनु नौलो नहुने बताउने मन्त्री खड्कालाई खबरबदारी गर्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको हैसियत पुगेन । १५औं महाधिवेशनको मिति कहिले भन्ने निश्चित नहुँदै सभापति पदका दाबेदार बनेका थापा र डा. शेखरले आफ्नो प्रचारलाई बलियो बनाउन थालेका छन् । गगन त आफू प्रधानमन्त्रीको उम्मेदवार भएको प्रचार गरेर निर्वाचन जित्ने बहादुर हुन् । जहाँ माओवादीको ६ हजार पाँच सय र रास्वपाका उम्मेदवार फिर्ता भएपछि उनलाई चुनाव जित्न सहज भएको थियो । आफ्नै वडामा पार्टीको अस्थित्व बचाउन नसकेका थापालाई स्व. गिरिजाप्रसाद कोइरालाले दरबार र भारतको विश्वासपात्रको रुपमा त्यो बेला प्रचार गर्दथे । तर उनले यस पटक सभापति शेरबहादुर देउवासँग पार्टीको संगठन निर्माणका लागि आफ्ना योजना लागू गराउन सहयोग गरेको बताउन पछि परेका छैनन् । पार्टी संस्थापनकी भाउजुको विश्वास भएपछि आफ्नो उम्मेदवारी पक्का हुने दाबी गरिरहेका उनै थापा गैर राजनीतिक चरित्रका डा. शशांकलाई सभापति शेरबहादुर देउवाले कोइराला परिवारको नासो सुम्पिएको अवस्थामा आफ्नो राजनीतिक हविगत कस्तो हुन्छ त्यही बेला झल्यास्स हुनेछन् । देउवाले डा. आरजुलाई उपसभापति बनाएर शशंकालाई सभापतिको थपनाको रुपमा राखे भने त्यसपछिको काँग्रेस कस्तो होला ? डा. शेखर समूहबाट गगनलाई फुटाएर सभापतिको प्रचार गर्न लगाउने उनै शेरबहादुर देउवालाई युवा पुस्ता पनि भ्रष्ट छ भन्ने ज्ञान नभएको होइन । गगन आफैं कृषि व्यापार आयोजनामा एडीबीको अनुदान हजम गर्ने राजनीतिज्ञ भएको कुरा अब खोतलिरहनु जरुरी छैन । नक्कली किसानले सक्कलीको अनुदान खाने नेपाली राजनीतिका होनहार योद्धाहरू धेरै छन् । विधानतः पार्टीको महाधिवेशन समयमा नहुने दलका रुमपा काँग्रेसलाई लिइन्छ । जसले एक वर्ष महाविवेशनको समय सार्न सक्ने अधिकार विधानबाटै सभापतिलाई सुम्पेको छ । काँग्रेसले चैतभित्र आफ्नो भातृ संगठनको अधिवेशन सम्पन्न गर्न दिएको निर्देशनलाई सफल बनाउने अभियानमा नेतृत्व खटेको देखिँदैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारसँग जोडिएकी डा. आरजु र प्रधानमन्त्री केपी शर्मा ओली जोगिने, बालकृष्ण खाँण र टोपबहादुर रायमाझीहरू जेल पर्नु पर्ने नेपालको राष्ट्रिय राजनीति जोगि हुनका लागि गरिएको होइन भन्ने नेता मुलुकको प्रधानमन्त्री भएको अवस्था छ । आफैं पतन हुने काम जसरी प्रधानमन्त्रीले गरे त्यही रुपमा उनको पार्टीका उपाध्यक्ष रामबहादुर थापाले पनि नगरेका होइनन् । यतिखेर बालकृष्ण खाँणले देउवा क्याम्प त्यागेर शेखरतिर लाग्दा प्रकाशशरण महत र पूर्णबहादुर खड्कालाई हाइसञ्चो भएको हुनुपर्छ । देउवालाई दुई पटकसम्म सभापति बनाउने यो टिम यतिखेर विभाजित भएको छ काँग्रेसका लागि आएराम, गएरामको स्थिति नहोस् भनेर डा. शेखरको देश दौडाहा चलिरहेको बेला गगन थापाहरूको धतुरो झार्न दीपक खड्का नै अग्रसर भए भने अनौठो नमाने हुन्छ किनकि खड्का डा. शशांक कोइरालाका विश्वासपात्र भएकाले यो पहुँच देखिने गरेको हो । युवा पुस्ताबाट मन्त्री बनेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य बीमाको रकम नदिएपछि परेको असरबारे आफ्ना पार्टीका सभापतिलाई भन्न सकेका छैनन् । किनकि उनी गुटगत रुपमा पनि कृष्ण सिटौला निकट भएकाले गगन र शेखरको मिलनलाई दक्षिणको इशारामा परिचालन गरिने कुरामा विश्वस्त छन् ।


सम्बन्धित समाचार