Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुलुकको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “शेपिङ द फ्युचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको हो। सिंहले आ।व। २०८०÷८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरु अभिकर्तावर्गहरु व्यवस्थापन र कर्मचारीहरुको अथक मिहिनेत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको बताइन्। साथै उनले आव २०८०–८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरु लगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन्। जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक वर्ष २०८१÷८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० बढीको सहभागिता रहेको थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको बताएका थिए। यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिएकी थिइन्। सम्मेलनमा प्रदेशस्तरीय फुटबल प्रतियोगितालगायत सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो।
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल