Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर दैनिक बढ्दै

काठमाण्डौ । सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ । कारोबारमा आएका २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर मूल्य प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिसेयर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । राधी जलविद्युतको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ । आज नेपाल पुर्नविमा कम्पनीको ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


सम्बन्धित समाचार