Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा सकारात्मक संकेत, कमाउने १० कम्पनी यि हुन

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ । तर आइतबारको जस्तो उच्च अंकले भने वृद्धि हुन सकेन । दिनभर तीब्र उचारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो २८ सय माथि पुगेर फर्किएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १९ अंकले बढेर २७ सय ८४ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेपनि सोमबार भने बढ्ने र घट्ने कम्पनीहरु लगभग बराबरी जस्तै छन् । कारोबार रकम भने ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अग्रपंक्तिमा देखिएका छन् ।

धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् आयोजना देखिएको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढेर २८५ रुपैयाँमा पुगेको छ । यसैगरी युनियन हाइड्रोपावरको शेयर मूल्य ९-९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको ९-९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ, गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ, नेशनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६-५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ


सम्बन्धित समाचार