Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ११.७३ अंकको सुधार, पौने तीन अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । बजार दोहोरो अंकले बढेसँगै पौने ३ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७३ अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५२.७७ अंकमा पुगेको छ ।
आज २९९ कम्पनीका ९५ लाख ५ हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लख ४६ हजार ४ सय ३३.९५ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उकालो लागेको दिन विभिन्न ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । त्रिशुली जलविद्युत कम्पनी, समाज लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र नबिल ब्यालेन्स्ड फण्ड २ का लगानीकर्ताहरुले क्रमशः १०, ९.९७, ९.९१ र ९.४८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार १ सय रुपियाँको संस्थापक शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ७।२९ अंकले बजार घट्दा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ, सोमबार ३.४२ अंकले बजार घट्दा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४.६९ रुपियाँ, मंगलबार १०.१० अंकले बजार घट्दा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८.३४ रुपियाँ र हिजो बुधबार ३.३३ अंकले बजार बढ्दा अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२.७८ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार