Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को ‘क्लोजिङ’ को चटारोका शेयर बजार आज पुनः घटेको छ । साउनबाट बैंकहरुले आ–आफ्नै हिसाबले ब्याजदर तोक्ने बाटो खुलेको भए पनि बजारमा त्यसको प्रभाव देखिएन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.६२ अंकले घटेको हो । ०.६० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८४.९३ अंकमा ओर्लिएको छ ।
आज २९६ कम्पनीका ९३ लाख ८२ हजार ४ सय ४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६ सय ५.३१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि एनएमबि ऋणपत्र २०८५, एसबीएल ऋणपत्र २०८३ र एनआईबीएल समृद्धि फण्ड२ का लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९ र ९.९४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ७५ लाख ९३ हजार ३ सय ४८.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २८.३३ अंकले बजार बढ्दा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९ सय ६१.०१ रुपियाँ, सोमबार ०.८० अंकले बजार घट्दा २ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५ सय ८३.२५ रुपियाँ, मंगलबार ४.७३ अंकले बजार घट्दा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४ सय ९०.४७ रुपियाँ र हिजो बुधबार २५.३१ अंकले बजार बढ्दा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७ सय ७४.३४ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल