Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज फेरि दोहोरो अंकले नै तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १३.६८ अंकले घटेको हो । ०.७२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक पुनः १९ सय अंकबाट तल झरेर १८९२ मा आइपुगेको छ ।
आज २६४ कम्पनीका २५ लाख ७१ हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार २ सय १९।४१ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटेको दिन जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.२५ प्रतिशतले नाफा कमाएका छन् भने सनराइज ब्लूचिप फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड १ लाख ६० हजार ४ सय ५७।३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १८.८० अंकले घट्दा २ करोड ८५ लाख ३४ हजार ३६।३४ रुपियाँ, सोमबार २.७१ अंकले बजार बढ्दा ७५ करोड १३ लाख ३० हजार ३ सय ९३.७० रुपियाँ र हिजो मंगलबार १७.३६ अंकले बजार बढ्दा ८८ करोड ५५ लाख ७८ हजार २ सय ७०.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल