Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजारमा आज फेरि गिरावट आएको छ । नेप्से दोहोरो अंकले तल झरे पनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १५.७३ अंकले तल झरेको हो । ०.८२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०४.४० अंकमा ओर्लिएको छ । आज २६७ कम्पनीका ३२ लाख ९ हजार २ सय १४ कित्ता शेयर किनबेच हुँदा ९८ करोड ३३ लाख ६७ हजार ३ सय ११ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन प्रालि र मोलुङ हाइड्रोका लगानीकर्ताले क्रमशः ९.९९ र ९.९६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २, आदर्श लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.०३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ५ करोड ७५ लाख ४३ हजार ४ सय २५।२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २.८० अंकले बजार घट्दा ९७ करोड ४५ लाख ९९ हजार ६१.५१ रुपियाँ, सोमबार २३.६३ अंकले बजार घट्दा ९२ करोड ७८ हजार ५ सय ७१.१२ रुपियाँ, मंगलबार ३.०७ अंकले बजार घट्दा ८७ करोड ४ लाख ४८ हजार १ सय ५१.८८ रुपियाँ र हिजो बुधबार १५.१३ अंकले बजार बढ्दा ८७ करोड २१ लाख ४१ ह्जार १ सय १६।१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल